संविधानको भाग–४ पढ्न नेताहरूलाई खनालको आग्रह

काठमाण्डु टुडे २०८० फागुन १८ गते १७:३९ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– पूर्व प्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको भाग चार अध्ययन गर्न सबै दल र नेताहरूलाई आग्रह गरेका छन् ।

आज शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन । उनले भने, ‘संविधानको भाग ४ हामी सबै नेताहरूले पढौँ ।

भाग चारले जे निर्देशन गरेको छ त्यसका आधारमा नीति कार्यक्रम र बजेट बनाऔँ । त्यसो गरियो भने मात्रै यो सुन्दर देशमा सुगन्ध थपिने र समृद्धि आउँछ ।’

उनले ०६२,०६३ को परिवर्तनमा दलका नेताहरूले सङ्कल्प गरिएको थियो त्यो सङ्कल्प पुरा गर्नतिर पनि लाग्नुपर्ने पनि बताएका छन । साथै उनले भरतपुरमहानगरका प्रमुख रेनु दाहालले थालेको कामको सराहना गर्दै रेनु पुष्पकमल दाहालको मात्र छोरी मात्र नभएर सिङ्गो देशको छोरी भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us