एमालेका लागि राष्ट्रिय सभा अध्यक्ष चासोको विषय होइन: महासचिव पोखरेल

काठमाण्डु टुडे २०८० फागुन १८ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– एमाले महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको आरोप लगाएका छन । आज शुक्रबार जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

उनले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको बताएका छन । उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताएका छन ।

उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताएका छन । उनले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जनाा गरेको पनि बताउका छन ।

उनले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको पनि बताएका छन । महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन । एमालेका लागि राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us