सूर्य थापालाई रामहरिको प्रश्न: कहाँ पर्ने रहेछ छोरीको नगरपालिका ?

काठमाण्डु टुडे २०८० फागुन १८ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १८ फागुन– एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि कांग्रेसका सांसद रामहरि खतिवडाले यसको जवाफ दिएका छन ।

आज (शुक्रबार) बसको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरेका छन । उनले भने, ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो ।

तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ?

जानकारी पाए म खुसी हुने थिएँ ।’ भरतपुर भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन जाँदा थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us