महाधिवेशनमा एउटा मात्र दस्तावेज पेस गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाण्डु टुडे २०८० फागुन १७ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १७ फागुन– नेकपा एकीकृत समाजवादीले आगामी जेठ पहिलो साता हुने १० औँ महाधिवेशनमा एउटा मात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको छ ।

पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय ‘दस्ताबेज मस्यौदा समिति’को बिहीबार सम्पन्न बैठकले महाधिवेशनमा समसामयिक राजनीतिक, पार्टीको आन्तरिक लगायतका विषय समेटेर एकमात्रै दस्तावेज प्रस्तुत गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

मस्यौदा समितिको बैठकपछि पार्टीभित्र अलग–अलग सोच छ भन्ने कुराको अन्त्य भएको र सबै भावनालाई समेटेर महाधिवेशनमा प्रस्ताव प्रस्तुत हुने उनले बतानएका छन । महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजलाई अन्तिम रूप दिन विभिन्न समूह बनाएर छलफल र कार्यविभाजन गरिएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us