अमेरिकी उप–सहायक विदेशमन्त्री नेपालमा

काठमाण्डु टुडे २०८० फागुन १४ गते १९:२१ मा प्रकाशित

काठमाण्डु, १४ फागुन– दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री अफरिन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।

नेपाल बसाइका क्रममा उनले उच्च सरकारी अधिकारीसहित अमेरिकन चेम्बर्स अफ कमर्सका सदस्यसँग भेटघाट गर्ने कार्यतालिका छन् ।

उनको भ्रमण नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धमार्फत नेपालको शिक्षा, स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको सुदृढीकरण तथा आर्थिक समृद्धिमा सहकार्य गर्नेबारे विभिन्न एजेण्डामा केन्द्रित हुने काठमाण्डूस्थित अमेरिकी दूतावासले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us