झापाको रतुवा र दिपिनी खोला किनारको जग्गामा भ्रष्टाचार मुद्दा, माओवादी नेता पुरी पनि अभियुक्त

काठमाण्डु टुडे २०८० फागुन १३ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, १३ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

झापा जिल्लाको दमक नगरपालिका– १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र विचौलियालाई अख्तियारले मुद्दा दायर गरेको हो ।

झापाको बालुवाटार भनेर चिनिने खोला किनारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा माओवादी नेता रेवतराज पुरी गगन पुरी, उनका परिवारका सदस्य, जग्गा खरिदकर्ताहरु, मालपोत र नापीका कर्मचारी र लेखापढी कानुन व्यवसायीलगायतका विचौलियाविरुद्ध मुद्दा दायर भएको हो । पुरीविरुद्ध अख्तियारले दुईवटा फरक फरक मुद्दामा ९ करोड रुपैयाँ भन्दा बढी बिगो माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us