श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफीका लागि पत्र पठाइँदै

काठमाण्डु टुडे २०८० फागुन ८ गते १९:३८ मा प्रकाशित

काठमाण्डू, ८ फागनु– सरकारले श्रीलङ्कामा बन्दी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय माफ गरिदिन अपिल गरेको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकले उक्त आग्रह गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार उनीहरुको मानवीय आधारमा उनीहरुलाई आममाफीको अनुरोध गर्दै राष्ट्रपतिबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले नेपाल र श्रीलङ्काबीच अफिसियल राहदानी बाहकहरूलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us