भीभीआईपी सवारीका नाममा आवतजावत नरोक्न सर्वोच्चको आदेश

काठमाण्डु टुडे २०८० फागुन ८ गते १९:३० मा प्रकाशित

काठमाण्डू, ८ फागनु– सर्वोच्च अदालतले अतिविशिष्ट व्यक्ति (भीभीआईपी ) सवारीका नाममा सर्वसाधारणको आवतजावत प्रभावित नगर्न सरकारका नाममा परमादेश दिएको छ ।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले विशिष्ट विशिष्ट व्यक्तिको सवारीका नाममा सर्वसाधारणलाई सास्ती नदिन आदेश दिएको हो ।

भीभीआईपी सवारीका नाममा सवारी साधन रोक्ने, सर्वसाधारणलाई हिँड्न नदिने, पैदल यात्रीलाई अवरोध गर्ने काम रोक्न माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले ६ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us