माओवादीले गलत मनसायका साथ कथित विद्रोह गरेको थियोः काँग्रेस

काठमाण्डु टुडे २०८० फागुन ८ गते १९:१५ मा प्रकाशित

काठमाण्डू, ८ फागनु– माओवादी नेतृत्वको सरकारमा सहभागी नेपाली कांग्रेसले उसको नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र जनयुद्ध औचित्यहीन भएको बताएको छ ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजीतिक पृष्ठभूमिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा भएको सशस्त्र युद्धलाई औचित्यहीनको संज्ञा दिएका हुन् ।

खड्काले लोकतन्त्रमा विश्वास राख्ने दल मात्र काँग्रेसको मित्र शक्ति हुने भन्दै माओवादीलाई मित्र शक्ति मान्न नसकिने आशय प्रकट गरिएको छ । यद्यपि कुनै दलप्रति विशेष आग्रहसहित मित्रवत् र कुनै दलप्रति दुस्मनीको साइनो नरहेको खड्काले उल्लेख गरेका छन् ।

खड्काले २०४६ सालको जनआन्दोलनबाट पराजित दक्षिणपन्थी शक्ति र तत्कालीन उग्रवामपन्थीहरूले कांग्रेसको नेतृत्वमा भएको आर्थिक विकास तथा उन्नति यात्रा नरुचाएर गलत मनसायका साथ माओवादी युद्धको उठान गरेको बताए ।

खड्काले देश्य अदृश्य शक्तिको आडमा २०४७ सालको संविधान र संवैधानिक व्यवस्थाविरुद्ध प्रहार भएको र देशर्लाइ द्वन्द्वको दलदलमा फसाइएको आरोप लगाए ।

उनले मुलुकको अर्थतन्त्रले फड्को मान नसक्नुमा पनि माओवादी विद्रोह कारण दोषी रहेको दाबी गरे । माओवादी विद्रोहलाई कथित र अनावश्यक सशस्त्र हिंसाको संज्ञा दिँदै उनले उक्त विद्रोहका कारण विकास र समृद्धिको यात्रा अवरुद्ध भएको तथा विकास संरचना भत्किनुका साथै थप विकास अवरुद्ध भएको बताएका छन ।

‘यति धेरै क्षति हुने गरी यो विध्वंसको आवश्यकता थिएन’, खड्काले प्रतिवेदनमा भनेका छन् । यस्तै खड्काले देशबाट युवा पलायन हुनुमा पनि माओवादी सशस्त्र युद्ध प्रमुख कारण रहेको दाबी गरेका छन् । खड्काले १२ बुँद सहमति मार्फमा शान्तिपूर्ण मुलधारमा ल्याउने कामको नेतृत्व काँग्रेसले गरेको उल्लेख गरे ।

सशस्त्र विद्रोह औचित्यहीन भनेका खड्काले ततकालीन राजा ज्ञोन्द्रको निरंकुश कदमलाई परास्त गर्न भने १२ बुँदेबाट सुरु भएको राजनीतिक यात्रा सफल भएको स्वीकार गरेका छन् । फरक प्रसंगमा खड्काले संक्रमणकालीन न्यायको काम बाँकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र प्रचलनहरूको प्रतिकूल नहुने गरी सम्पन्न गनुपर्ने प्रतिवेदनमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us