प्रहरी अधिकृतलाइृ गृहमन्त्रीको निर्देशनः सरुवामा बिचौलियामार्फत घूसको अफर नगर्नुस्

काठमाण्डु टुडे २०८० फागुन ३ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ३ माघ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर जान लागेका नेपाल प्रहरीका एसपीहरुलाई सामूहिक निर्देशन दिएका छन् ।

बिहीबार गृह मन्त्रालयमा सामूहिक निर्देशन दिँदै श्रेष्ठले दबाब र प्रभावमुक्त भएर काम गर्न एसपीहरुलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रहरीमा क्षमता, कार्यदक्षता र अवसरको मापदण्डका आधारमा सरूवा गरिएको उनले बताए । ‘बिना संकोच, दबाब र प्रभाव मुक्त भएर प्रशासनिक र सुरक्षा चुनौती सामना गर्नुस’, श्रेष्ठले भने ।

सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाह गर्दा चुक्नेलाई कमजोरी देखिए तत्काल कारबाही गरिने चेतावनी श्रेष्ठले दिए ।

प्रहरीमा जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घूसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न गृहमन्त्रीले समेत उनले प्रहरी अधिकृतलाई निर्देशन दिए ।

लागु औषध नियन्त्रण तथा मिटरब्याजीको ठगी नियन्त्रण गर्ने पनि उनले प्रहरी नेतृत्वलाई निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि मात्र २२ जिल्ला, ७ वटा गण तथा चार ट्राफिक कार्यालयसहित ३४ एसपीलाई कार्यालय प्रमुखका रुपमा काज सरुवा गरेको थियो । सोही दिन एकैपटक ७८ एसपीको सरूवा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us