फागुन १ गते सार्वजनिक बिदा छैन: गृह मन्त्रालय

काठमाण्डु टुडे २०८० माघ २९ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, २९ माघ– भोली १ फागुनमा सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको जानकारी दिएको छ ।

सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेको सूचनामा उल्लेख गरीएको छ ।

यसअघि गृह ठमन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us