भीरमा भेटियो वृद्धको शव

काठमाण्डु टुडे २०८० कार्तिक २७ गते ११:२५ मा प्रकाशित

अर्घाखाँची, २७ कात्तिक– अर्घाखाँचीमा एक वृद्धको शव भेटिएको छ ।

जिल्लाको मालारानी गाउँपालिका–३ ढाडमसिनास्थित सामुदायिक वनमा ७० वर्षीय छविलाल खत्री मृत भेटिएका प्रहरीले जनाएको छ ।

खत्रीको शव सोमबार बिहान वन क्षेत्रको भीरमा फेला परेको हो ।

उनी मालारानी–३ खनारका स्थायी बासिन्दा हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us