नेपाल हाउसमा भिषण आगलागी

काठमाण्डु टुडे २०८० साउन २६ गते ६:५८ मा प्रकाशित

काठमाण्डु, २६ साउन– काठमाण्डुको भोटाहिटीस्थित नेपाल हाउसमा भिषण आगलागी भएको छ ।

गएराति भएको आगलागी काठमाण्डु र भक्तपुर महानगरपालिका र नेपाली सेनाको गरी सात वटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा नेपाली सेना र प्रहरी टोली पनि खटिएको थियो ।

काठमाण्डु प्रहरीका प्रवक्ता एसपी कुमोद ढुंगेलले भवनको पाचौं तलाबाट सुरु भएको आगलागीले छैटौं तलामा समेत क्षति पुगेको बताए । उनका अनुसार मथुराम श्रेष्ठको नाममा रहेको उक्त भवनमा भाँडाकुँडाको गोदाम रहेको कोटाबाट आगलागी सुरु भएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलनको काम जारी रहेको ढुंगेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us