वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जान्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु टुडे २०८० साउन १५ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १५ साउन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन ।

आज साउन १५ का अवसरमा सिंहदरवारस्थित खिर खाने कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले गठबन्धन ५ वर्ष जानेमा कुनै शंका नगर्न आग्रह गरेका छन ।

अहिलेको सत्ता गठबन्धन पाँचै वर्ष जान्छ । त्यसमा दायाँबायाँ हुँदैन । अब ढुक्कसँग काम गर्नुस् बीचमा थोरै गठबन्धन के होला जस्तो भयो । अब सबै अन्योल हटेको छ ।’

उनले भने एनले हिजोमात्र प्रधानमन्त्री कार्यालयलाई कसरी व्यवस्थित गर्ने भनेर छलफल गरिएको भन्दै खिर खाने कार्यक्रम राखेर राम्रै भएको बताएका छन ।उनले भने, ‘यो हाम्रो आफ्नै मौलिक चाड पनि हो । यसले एक आपसमा घुलमिल गर्न सहयोगै गर्छ भन्ने ठानेको छु’ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us