दुर्गा प्रसाईंलाई ३० करोड नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ

काठमाण्डु टुडे २०८० असार २६ गते १४:४१ मा प्रकाशित

काठमाण्डु २६ असार – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको रावा बेसी गाउँपालिका–१ घर भएका ४२ वर्षीय रमेश गुरुङरहेका छन। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान महाराजगन्जबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङले प्रसाईंलाई फोन गरेर ‘३० करोड दिनु नत्र हामीले तेरो हत्याको योजना बनाइसकेका छौँ । कात्रो तयार राख्नु’ भन्दै धम्की दिएका थिए ।

३० करोड माग्दै नदिए हत्या गर्ने भन्दै धम्की आएको भन्दै प्रसाईंले प्रहरीलाई जानकारी गराएपछि ब्यूरोले ती व्यक्तिलाई पक्राउ गरेको हो।यस घटनामा उनी एक्लै संलग्न थिए वा अरू पनि सहयोगी थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us