जेनरेटरमा आगलागी भएपछि स्थगित लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु

काठमाण्डु टुडे २०८० असार २० गते १७:०३ मा प्रकाशित

काठमाण्डु,२० असार- जेनरेटरमा आगलागी भएपछि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक पुनः सुरु भएको छ ।

१० मिनेटका लागि स्थगित गरिएको बैठक विद्युत् आपूर्तिमा गडबडी भएपछि करिब दुई घण्टा ढिलो गरी सुरु भएको हो। बैठकमा समसामयिक विषयमा बोल्नका लागि समय दिइएको थियो ।

प्रदेशसभा बैठकको सुरुमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्बोधन गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी बोल्दै गर्दा जेनरेटरमा आगलागी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us