
काठमाण्डु ,२० असार- जनता समाजवादी पार्टी (जसपा)ले जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ ।
हालसालै जुम्ला र दाङमामा घटेको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
पार्टीले आज काठमाण्डुको माइतीघर मण्डलामा उक्त घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो । उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्तालगायत आम नागरिकलाई जातीय विभेदविरुद्धको आन्दोलनमा सहभागी हुनसमेत सो पार्टीले आह्वान गरेको छ ।
केही दिन अघि जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको थीयो भने दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटना सार्वजानीक भयको थीयो ।