साम्प्रदायिक नारा लगाएर समस्याको समाधान हुँदैन: केपी ओली

काठमाण्डु टुडे २०७९ चैत ११ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, ११ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक नारा लगाएर समस्याको समाधान बताएका छन ।

आज (शनिबार) रिटर्नी फेडेरेसन नेपालको अधिवेशनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले नेपालमा साम्प्रदायिकताको लागि ठाउँ नभएको रिटर्नी फेडेरेसनले बुझेको बताएका छन ।

उनले भने,‘विदेशमा सरदर दुई वर्षभन्दा बढी बसेर फर्किएका मान्छेहरुको तपाईंहरुले देशव्यापी संगठन बनाउनुभएको छ। जसले गर्दा यस संगठनले अर्को एउटा राम्रो काम गरेको छ। रिटर्नीका व्यथा, विदेश जाँदाका व्यथा उस्तै थिए, विदेशका व्यथा उस्तै थिए, फर्केर आएपछिका समस्या उस्तै छन्।

समाधान मिलेर गर्नुपर्छ। यहाँ साम्प्रदायिताको ठाउँ छैन । ’ उनले रिटर्नीले आफू सप्रिँदै देश सपार्न लाग्नुपर्ने बताएका छन । ‘रिटर्नीले आफू सप्रिनुपर्‍यो। परिवार सपार्नुपर्‍यो। आफ्नो ठाउँ, जिल्ला, देश सपार्नुपर्‍यो। कसरी सकिन्छ।

म आफू सपार्न लाग्दिनँ। देशमा मात्रै सपार्छु भनेर उपरखुट्टी लगाएर बस्ने हो भने देश सप्रिन्छ? अनि तपाईंलाई सपार्न को आइदिने फेरि? ’, ओलीको प्रश्न छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us