अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्छ: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १८:३५ मा प्रकाशित

काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरता तर्फ गएको बताएका छन् । अब प्रधानमन्त्रीले विश्वासको मत लिइरहनुपर्ने अवस्था बन्ने उनले बताएका छन ।

उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा मंगलबार एमालेले आफ्ना सांसदहरुका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

ओलीले चुनावी परिणामसँगै आफूहरुले देश अस्थिरतामा गएको निष्कर्ष निकालेको पनि बताएका छन । अहिले प्रधानमन्त्रीमा सरकार विस्तार गर्दाको असन्तुष्टिले खाइदेला कि भन्ने डर भएको बताएका छन । तर भोलि कुनै एउटा पार्टीले समर्थन फिर्ता लिनासाथ विश्वासको मत लिनुपर्ने भन्दै ओलीले भने, ‘विश्वासको मत त लिएको लियै गर्नुपर्छ ।

विश्वासको मत नलिने हो भने जसले लाभ लिएको छ, त्यसले साना पार्टीहरुको चाकडी गरिरहनुपर्छ ।’ उनले अहिले सरकारसँग बहुमत भएकाले विश्वासको मत लिनुपर्दैन भनेर गलत व्याख्या गर्न खोजिएको बताएका छन ।

उनले भने,‘संविधानको धारा ७६९२० को एउटा पार्टीको बहुमतको सरकारमा अरु सामेल भएको जस्तो होइन’, आफैंसँग बहुमत छैन र, कसैले फिर्ता लियो भने अरुको विश्वास छ कि छैन भनेर विश्वासको मत लिनुपर्छ ।’

उनले अर्को निर्वाचन नहुँदासम्म देश अस्थिरतामा रहने भन्दै एमाले अध्यक्ष ओलीले प्रदेशहरुमा पनि संकट आउनसक्ने बताएका छन । उनले भने, ‘त्यसको सामना गरौंला, तर टाढासम्म हेरेर आफ्नो रणनीतिहरु बनाउने काम गर्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us