अष्टलक्ष्मीले जित्नैपर्छ, एक–दुई सांसद मिलाउनुस्: केपी ओली

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १८:११ मा प्रकाशित

काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा आलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । उनले यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एकरदुई जनालाई मिलाउनुपर्ने बताएका छन ।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले यस्तो बताएका हुन । आलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेपनि उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका छन । उनले सबै सम्भावनाबारे चर्चा नगर्ने भन्दै उनले भने, ‘उनीहरुभित्र अनेक प्रकारका समस्या छ, हामीभित्र छैन ।’

ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये पुरुष र महिलाको सन्तुलन मिलाउनुपर्ने बताएका छन । तर १० दलले संविधानमा भएको अपष्टतालाई देखाएर गलत व्याख्या गर्न खोजेको भन्दै उनले भने, ‘अहिलेको १० टाउके रावण पनि महिलाको हक अधिकार हनन गर्न लागेका छन् ।’ उनले १० दलका नेताहरुको वुद्धिले काम नगरेपनि ती दलमा आवद्ध संघीय सांसद र प्रदेशसभा सदस्यहरुले यसलाई बुझ्नुपर्ने एमाले अध्यक्ष ओलीले बताएका छन ।

दशकौंसम्म भूमिगत भएर हिँडेकी शाक्यको महिला आन्दोलनमा असाधारण योगदान रहेको पनि बताएका छन । उनले जित्नेपर्ने भन्दै ओलीले भने, ‘माननीयजीलाई मैले यति यति भोट थपियोस् भन्ने होस् । कमसेकम एकजना, दुईजना मिलाउनुस् । यहाँ ह्वीप उल्लंघनको प्रश्न छैन ।’ ओलीले सांसद र प्रदेशसभा सदस्यले हाल्ने मत बदर हुन नहुने बताएका छन ।

उनले भने, ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न पनि आउँदैन’ ‘आसन ग्रहण गर्न लड्छौं, अनि छाप हान्न आउँदैन । छाप हान्न आउँदैन भने आसन ग्रहणमा किन लड्ने ?’ उनले संविधान संशोधन गर्दा ध्यान दिउँला उपराष्ट्रपति पद काम नभएको सेरेमोनियल भएकाले संविधान संशोधन गर्दा ध्यान दिनुपर्ने बताएका छन ।

भारतमा झै उपराष्ट्रपति नै राष्ट्रियसभाको अध्यक्ष हुने व्यवस्था गर्नुपर्ने बहस भइरहेको भन्दै ओलीले भने, ‘यसो गर्दा संसद र अरु संक्रियता पनि हुन्छ भन्ने बहस छ । खर्चको हिसाबले उपयुक्त पनि होला । यो संविधान संशोधनको बेला विचार गरौंला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us