
काठमाण्डु, २८ फागुन- नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनति भयका छन।
उनलार्ई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मनोनीत गरेका हुन। निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । पर्वतबाट निर्वाचित गिरी लाई एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।
गीरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन ।यस्तै एमालेले महेश वर्तौलालाई सचेतकमा नियुक्त गरेको छ ।