
काठमाण्डु ,२८ फागुन- राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्।
पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् ।
यस अघी पौडेले कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारी समालेका थिय। पौडेले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए ।