सत्ता साझेदार दलको बैठक जारी,उपराष्ट्रपतिबारे टुंगो लगाउने

काठमाण्डु टुडे २०७९ फागुन २८ गते १३:५७ मा प्रकाशित

काठमाण्डु ,२८ फागुन- उपराष्ट्रपतिको विषयमा टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक सिंहदरवारमा जारी छ ।

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजना उम्मेदवार भएका छन। त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बस्न लागेको बतायको छ।

सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् ।

नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । र्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us