
काठमाण्डु,८ माघ– चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत भेटीएको छ । मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन ।
गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताएका छन । उनले भने,‘गैंडाको बच्चा मरेको अवस्थामा भेटिँदा माउ पनि सँगसँगै थियो, मरेको बच्चाको माया लागेर होला साथ छाडेको थिएन’ ‘हाम्रो टोली घटनास्थलमा पुगेपछि छाड्यो ।’
बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने उनले बताएका छन । निकुञ्जको कावासोती क्षेत्रमा माघ ६ गते गैंडाका आमाछोरा तस्करहरूले मारेको पर्सिपल्ट नै गैंडाको बच्चा मरेको हो ।