भानुभक्त ढकाल २२ हजार बढी मतान्तरले पराजित

काठमाण्डु टुडे २०७९ मंसिर १० गते १०:०७ मा प्रकाशित

विराटनगर, १० मंसिर– मोरङ–३ बाट कांग्रेसका डा.सुनिल शर्मा निर्वाचित भएका छन् ।

एमालेका भानुभक्त ढकाललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८ सय ९५ मत पाए । उनीहरुबीचको मतान्तर २२ हजार ७ सय ३६ छ ।

यस्तै तेश्रो भएकी राप्रपाकी रेखा थापाले १० हजार ९ सय ८८ मत प्राप्त गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us