गुल्मी प्रदीप ज्ञवालीले दिए चन्द्र भण्डारी बधाई

काठमाण्डु टुडे २०७९ मंसिर ९ गते १३:३७ मा प्रकाशित

गुल्मी ,९ मंसिर– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी–१ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीलाई बधाई दिएका छन् ।

गुल्मी–१ बाट भण्डारीसँग पराजित भएपछि ज्ञवालीले आफ्नो जिल्लावासीहरुको सेवामा समर्पित हुने बताएका छन । उनले वैधानिक रुपमा जनप्रतिनिधिको भूमिकामा नरहे पनि गुल्मीबासीको प्रतिनिधिका रुपमा दुःख र सुखका हरेक पलमा साथमा दिने पनि बताएका छन ।

यस्तै उनले प्रतिकूल परिणामको जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।

प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु ।’ कहाँ कमीहरु रहन भन्नेबारे समयक्रममा समीक्षा हुने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us