डोल्पाबाट एकीकृत समाजवादीका बुढा विजयी

काठमाण्डु टुडे २०७९ मंसिर ८ गते २१:४७ मा प्रकाशित

डोल्पा, ८ मंसिर– डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी भएका छन् ।

११ हजार २ सय २५ मतसहित बुढा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशबहादुर शाहीलाई दोब्बर बढी मतले पराजित गरे । शाहीले ५ हजार ४ सय ९८ मत प्राप्त गरेका छन् ।

बुढाको जितसँगै एकीकृत समाजवादीले ८ सिटमा विजय हासिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us