जुम्लामा कांग्रेसले राप्रपाका ज्ञानेन्द्र शाहीलाइ लुकेर भोट हाल्दैछ: केपी ओली

काठमाण्डु टुडे २०७९ मंसिर १ गते १८:२६ मा प्रकाशित

काठमाण्डु,१ मंसिर–पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जुम्लामा कांग्रेसले राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीलाइ भोट हाल्ने बताएका छन ।

मेचिनगर नगरपालिका स्थित इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने जुम्लामा माओवादीको मान्छेलाइ साझा उम्मेदवार बनाएको छ गठबन्धनले ।

कांग्रेसले राप्रपाको ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ लुकेर’ । उनले एमालेलाई राप्रपासँग गठबन्धन गरेको भनी हुने गरेको आरोपलाई चिर्ने प्रयास गर्दै ओलीले थपे, ‘हामी त खुलेआम यहाँ (झापा–१ मा) सविना बजगाईं राप्रपाबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(२) बाट उम्मेदवार लाई प्रदेशमा उठाएका छौं ।

खुलेआम भोट हाल्छौं लुकेर होइन । उहाँहरु बेइमानी गरेर भोट हाल्दै हुनुहुन्छ हामी इमानका साथ खुलेआम भोट हाल्दैछौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us