बडादशैंमा राष्ट्रपतिले ‘बडा’ लाई छुट्टै, सानालाई छुट्टै टीका लगाउने

काठमाण्डु टुडे २०७९ असोज १९ गते ८:११ मा प्रकाशित

काठमाण्डु, १९ असोज– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार शीतलनिवासमा टीका लगाउने कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ । राष्ट्रपतिले अपराह्न दुईदेखि तीन बजेसम्म विशिष्ट व्यक्तिहरुलाई र तीनदेखि पाँच बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले हरेक दसैंमा टीका लगाइदिँदै आएकी छन् । तर, हरेक वर्ष कुनै न कुनै विषयले राष्ट्रपति विवादमा आइरहेकी छन् । खास गरी टीका लगाउँदा राष्ट्रपति कुर्सीमा बस्ने र टीका लगाइमाग्ने व्यक्तिले घुँटा टेकेको तस्वीर अहिलेसम्म पनि सामाजिक सञ्जालहरुमा देखिन्छ ।

दशैंमा टीका लगाउने राजतन्त्रकालीन परम्परालाई गणतन्त्रमा पनि निरन्तरता दिएको भन्दै राष्ट्रपति भण्डारीको आलोचना हुँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us