खोलामा नुहाउन गएका बाबुछोरा बेपत्ता

काठमाण्डु टुडे २०७९ असोज १८ गते १६:५९ मा प्रकाशित

संखुवासभा, १८ असोज– सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता बाबु–छोराको खोजी भइरहेको गोदारले बताए ।

प्रदेश १–०२–००२ च ५९२० नम्बरको जिप, कपडा, जुत्ता, मोबाइल, साबुनलगायत सामग्री सभाखोला किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको गोदारले बताए । बेपत्ता तारानाथ अरुण तेस्रो आयोजनामा सवारी चालकको रुपमा कार्यरत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us