माओवादी सांसद लामा एमाले प्रवेश

काठमाण्डु टुडे २०७९ असोज १७ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १७ असोज– माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् ।

लामा अध्यक्ष केपी ओली निवास बालकोट पुगेर सोमबार ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरे । लामा माओवादीबाट विद्रोह गरेर ०७४ को निर्वाचनमा स्वतन्त्र सांसद निर्वाचित भएका थिए । तर, चुनाव जितेको केही समयपछि लामा माओवादीमा समाहित भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us