व्यवस्था र संविधान बचाउन चुनावी गठबन्धनः पौडेल

काठमाण्डु टुडे २०७९ असोज १७ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १७ असोजकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा  संविधान बचाउन चुनावमा गठबन्धन गरिएकोबताएका छन् संविधान व्यवस्था बचाउने एजेन्डा लिएर आफूहरु चुनावमा जान लागेको पौडेलले बताए

विजया दशमीका अवसरमा सोमबार भिडिओ सन्देश जारी गर्दै पौडेलले संविधानको रक्षा गर्दै विकास उन्नतिको अठोट लिएर चुनावीमैदानमा होमिने बताए

पौडेलले देशमा संक्रमणकालीन अवस्था कायम रहेको बताएका छन्।

व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको छ। पहिलो एजेन्डा अझै पनि व्यवस्था जोगाउने संविधान जोगाउने नैहो,’ सन्देशमा उनले भनेका छन्

सुशासन उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायमै राखेको  अनुभूति आफूलाई भइरहेको उनकोभनाइ थियो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरूत्साहित गर्न जरूरी रहेको पनि उनले उल्लेख गरे

मुलुकलाई स्पष्ट दिशा लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलबीच गठबन्धन गरिएको दाबी उनले गरे मुलुकको हित सामाजिक न्यायका लागि आफूहरु डटिरहेको पौडेलले बताए

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरूलाईनिरुत्साहित पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता नैतिक शक्तिको आवश्यकता हुने बताए

, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहन्छु अहिले नेपालको अवस्था के हो, मुलुकलाई कुन प्रवृत्तिले पछाडि धकेल्ने खोजेको छन्, यी कुराध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजकोविकल्प होउनले भने

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us