धादिङको हनुमानडाँडामा ट्रक दुर्घटना, दुईको मृत्यु

काठमाण्डु टुडे २०७९ असोज १५ गते १४:४७ मा प्रकाशित

धादिङ, १५ असोज– धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

दुर्घटनामा सात जना घाइते भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर खत्रीले बताए ।
मृत्यु भएका पुरुषको सनाखत हुन सकेको छैन ।
सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टेको प्रत्यक्षदर्शी मनिष तामाङले बताए ।

दुर्घटनापछि अन्य सवारी साधनमा आउनेले घाइतेलाई उद्धार गरी धादिङ अस्पताल पठाएका थिए । घाइतेमध्ये पाँच जनाको अवस्था जटिल छ । दुईको अवस्था सामान्य छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us