जिल्ला प्रशासन कार्यालय गोरखा द्धरा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

काठमाण्डु टुडे २०७९ असोज १५ गते १०:१७ मा प्रकाशित

 काठमाण्डु,१५ असोज– जिल्ला प्रशासन कार्यालय गोरखाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक सर्वजनिक सूचना जारी गरी कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो ।

४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।

जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us