माओवादी पोलिट्ब्युरो सदस्य भण्डारीद्वारा पार्टी परित्याग, धनकुटाबाट स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७९ असोज ९ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, ९ असोज–माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हेमराज भण्डारीले पार्टी परित्याग गरेका छन् ।

पूर्वसांसदसमेत रहेका भण्डारी पछिल्लोसमय पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए । कार्कीसँगै धनकुटा जिल्ला कमिटीका सबैले पार्टी छाडेका छन् । जिल्लाबाट प्रतिनिधिच्व गर्ने पोलिट्ब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र सदस्य, जनवर्गीय संगठनको विभिन्न नेतृत्वमा रहेका नेता तथा जिल्ला समन्वय समितिमा रहेका सबैले सामूहिक रुपमा पार्टी छाडेको घोषणा गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका नाममा पार्टीका नेता कार्यकर्तालाई अवसर नदिने देखेपछि आफूहरुले सामूहिक रुपमा पार्टी छाडेको माओवादी धनकुटाका निवर्तमान जिल्ला समन्वय समिति संयोजक डिल्लीराम राई (कमल) द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभामा काँग्रेसबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनील थापाले सत्ता गठबन्धनबाट टिकट पाउने भएपछि माओवादी पंक्ति असन्तुष्ट थियो ।
माओवादी छाडेको समूहले आगामी प्रतिनिधिसभा निर्वाचनमा हेमराज भण्डारीलाई स्वतन्त्र उम्मेदवारका रुपमा अघि सार्ने घोषणा गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us