कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालत छाड्दै

काठमाण्डु टुडे २०७९ असोज ९ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, ९ असोज– कामु प्रधानन्यायाधीश दीपककुमार कार्की आजदेखि बिदा हुने भएका छन् ।

६५ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका कार्कीलाई सर्वोच्चले बिदाई गर्न लागेको हो । उमेर हदका कारण कार्कीले १७ असोजदेखि अवकाश पाउँदैछन् । तर, बीचमा दसैं बिदा पर्ने भएकाले आजै बिदाई गर्न लागिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गत १ फागुनमा संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका थिए । उनी ०७३ साउनमा सर्वोच्चको न्यायाधीश भएका थिए ।

२०३७ सालमा शाखा अधिकृतबाट न्यायसेवा प्रवेश गरेका कार्की २०३९ सालमा जिल्ला न्यायाधीश भएरका थिए । सर्वोच्च आउनुअघि उनले ८ वर्ष उच्च अदालतको न्यायाधीश र दुई वर्ष मुख्य न्यायाधीशका रुपमा काम गरे ।

कार्कीपछि अब न्यायालयको नेतृत्व हरिकृष्ण कार्कीले सम्हाल्नेछन् । कार्की हाल वरिष्ठतम न्यायाधीश छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us