गाविस सविचसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाण्डु टुडे २०७९ असोज ९ गते १५:४५ मा प्रकाशित

 काठमाण्डु,९ असोज-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैैै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस–२ हाल औरही गाउँपालिका–६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् । 

दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । 

विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us