काठमाण्डु, १६ भदौ– एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान तीन दिनका लागि रोकिएकामा अशंका गरेका छन् ।
जबरासँग महाअभियोग सिफारिस समितिले जम्मा दुई घण्टा मात्र बयान लिएर १९ भदौसम्मका लागि बयान स्थगन गरेको थियो । ओलीेले सत्ता गठबन्धनले जबराविरुद्धको महाअभियोग समितिमे रोक्न बयान स्थगन गरिएको आरोप लगाए ।
बिहीबार गृहजिल्ला झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग करा गर्दै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताए । उनले आफूहरुको पोल खुल्ने भएपछि राणाको बयान रोक्न लागिएको ठोकुवा गरे ।
‘आफूहरुको पोल खुल्ने भएपछि सत्ता गठबन्धनले बयान रोक्न सक्छ’, ओलीले भने, ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन ।’
जबराले बयानका क्रममा राजनीतिक दलका नेता, सहकर्मी न्यायाधीश, नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारी तथा कानून व्यवसायीले राखेका स्वार्थ सम्बोधन नगरेका कारण सबै मिलेर आफूविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएका छन् ।