प्रतिनिधिसभाद्वारा नागरिकता संशोधन विधेयक जस्ताको तस्तै पारित

काठमाण्डु टुडे २०७९ भदौ २ गते १९:२२ मा प्रकाशित

काठमाण्डु, भदौराष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्तापठाएको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाले जस्ताको तस्तै पारितगरेको             प्रतिनिधि सभाको बिहीबारको बैठकले दोस्रोपटक नागरिकतासंशोधन विधेयक बहुमतले पारित गरेको हो   अघिल्लोपटक ध्वनी मतले पारितविधेयक यसपटक मतदानद्वारा पारित गरिएको

प्रतिनिधिसभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत परेको थियो भने विपक्षमा ६० सांसदले मतदान गरे                                           विधेयक राष्ट्रिय सभाले पारित गरेपछि पुनः राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइने दोस्रोपटक  राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने व्यवस्था संविधानको धारा ११३ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले राष्ट्रपतिलेफिर्ता पठाएको विधेयक पुनर्विचार गर्नुपर्ने बताएका थिए राष्ट्रिय सहमति वा प्रतिनिधिसभाको समितिमा पठाएर विधेयक पुनर्विचारगर्नुपर्ने धारणा उनीहरुको थियो सरकारले जस्ताको तस्तै विधेयक पारित गर्ने बताएपछि सभामुख अग्नि सापकोटाले विधेयककोपुनर्विचारसम्बन्धी छलफल पारित गर्ने प्रक्रिया अघि बढाएका थिए सत्तापक्षले नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने अडानलिएपछि नेकपा एमालेले नागरिकता विधेयकमा मत विभाजन मागेको थियो एमालेका २८ भन्दा धेरै सांसदले उभिएर नागरिकताविधेयक पारित गर्न मत विभाजन मागेका थिए एमाले सांसद विशाल भट्टराईले राष्ट्रप्रमुखले पुनर्विचार गर्नका लागि पठाएकाले हुन्छ हुन्न भन्नेमा लैजान नहुने बताए

प्रतिनिधि सभामा ध्वनी मतमार्फत् सांसदहरूलाई हात उठाएर हुन्छ हुन्न भन्न लगाएर विधेयक पारित गर्ने चलन उनले वैवाहिकअंगीकृतको वर्षे प्रावधानबारे सरकारका गृहमन्त्री नबोलेकामा आपत्ति जनाए

गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न प्रस्ताव गर्नु अघि राष्ट्रपतिले उल्लेख गरेका विषयमा संविधानसंशोधन गर्नुपर्ने अवस्था रहेको बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us