बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाण्डु टुडे २०७९ भदौ २ गते ७:५० मा प्रकाशित

काठमाण्डु, २ भदौ– आसन्न ४ मंसिरको प्रतिनिकिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका सत्ता रुढ दलका शीर्ष नेताको बैठक आज बस्दैछ ।

सिटबाँडफाँटको टुंगो लगाउने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । सिटबाँडाफाँटका लागि गठित कार्यदलले बुधबार शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको थियो ।

कार्यदल तहमा सिट बाँडफाँटको मोडालिटी टुंगो लाग्न नसकेपछि शीर्ष नेताको सहयोग लिने निर्णय कार्यदलले गरेको थियो । बैठकमा कार्यदल संयोजक कृष्णप्रसाद सिटौलालले हालसम्म भएका सहमतिबारे शीर्ष नेतालाई जानकारी गराउनेछन् ।

पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेलको निर्णय गर्दै सिटबाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई साउन महिनाभित्रै सहमतिको खाका ल्याउने कार्यदेश दिइए पनि समयसीमाभित्र कार्यदलले काम गर्न सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us