जनप्रतिनिधिलाई हेरिटेज होटलमा अभिमुखीकरण दिँदै ;काँग्रेस

काठमाण्डु टुडे २०७९ साउन ३० गते १०:२५ मा प्रकाशित

 

काठमाण्डु ,३० साउन -नेपाली काँग्रेसले गत वैशाख ३० को चुनावमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ ।

काँगे्रस नीति अनुसन्धान प्रतिष्ठानले स्थानीय तहमा काँग्रेसतर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षहरूलाई आज बाट २ दीने ललितपुरमा प्रशिक्षण दिन लागेको हो ।

प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवाले आज ११ बजे हेरिटेज होटल मा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।

कायक्रमा वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने बतायको छ।

यस्तै कायक्रमको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् ।

उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् भने महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् ।

विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको जानकारी दियका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us