फोहोर बाकेका गाडी बाटोमै रोकिय्

काठमाण्डु टुडे २०७९ साउन ३० गते ९:४७ मा प्रकाशित

काठमाण्डु, ३० साउन -काठमाण्डु बाट फोहोर बोकेर बन्चरेडाँडा तर्फ हिडेका गाडीहरु स्थानीय राजनीतिक दहरुले बीच बाटोमै रोकेका छन ।

आइतबार सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपा का स्थानीय नेता हरुले उनीहरुलाइ साथ दियका बतायको छ ।

आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ । राजनीतिक दलको अवरोधका कारण आज गयका कुनैपनी गाडीले फोहोर खसाल्न पाएका छैनन् ।

आइतबार धादिङको धुनिबेशी नगरपालिका९१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us