एमालेसँगको गठबन्धनबारे छलफल गर्न राप्रपा बैठक बस्दै

काठमाण्डु टुडे २०७९ साउन ३० गते ८:५५ मा प्रकाशित

काठमाण्डु, ३० साउन– चुनावको तयारीबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठकमा निर्वाचनमा विचार र एजेण्डा मिल्ने दलसँगको गठबन्धनको सम्भावना खोज्नेबारे छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र एमाले अध्यक्ष केपी ओलीबीच शनिबार ओलीनिवास बालकोटमा चुनावी सहकार्यबारे छलफल भएको थियो ।

यसअघि ०७४ को निर्वाचनमा पनि ओली र लिङदेन एकअर्काको सहयोगमा निर्वाचित भएका थिए । ओली झापा–५ र लिङदेन झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । ४ मंसिरमा हुने निर्वाचनमा पनि दुवै नेता पुरानै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।

यस्तै बैकठले उम्मेदवार छनौट, निर्वाचन परिचालन समिति र संसदीय समिति गठन तथा तेश्रो चरणको आन्दोलनका लगायत विषयमा निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us