एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकार ग-यो

काठमाण्डु टुडे २०७९ साउन २९ गते १५:४५ मा प्रकाशित

काठमाण्डु, २९ साउन– एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकार गरेको छ ।

प्रतिनिधिसभामा आइतबार शर्माले रोष्ट्रम प्रयोग गरेर बोलेका थिए । दोश्रोपटक अर्थ मन्त्रालय प्रवेशपछि शर्माले संसदलाई सम्बोधन गरेको यो पहिलो हो ।
शर्माले अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठमा प्रस्तुत गरेका थिए । एमाले सांसदहरुले प्रस्तवमा समर्थन नगरे पनि प्रक्रियामा भने सहभागी भए । विधेयकबारे एमाले सांसदले आफ्ना धरणा राखेका थिए ।

शर्माले एमाले सांसदले उठाएका प्रश्नको जवाफ पनि दिए । अर्थमन्त्रीको जवाफपछि सभामुख अग्नि सापकोटाले विधेयकमाथि छालफल गरियोस भन्ने प्रस्ताव सभाको बहुमतले पारित भएको घोषणा गरे । बजेट पारित गर्ने क्रममा भने शर्माले बोल्ने समयमा एमाले सांसदहरु बाहिरिने गरेका थिए ।

१५ जेठमा प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुभन्दा एक दिनअघि मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर राजश्व र करका दर हेरफेर गर्न लगाएको आरोप एमालेले शर्मामाथि लगाएको थियो । एमालेकै विरोधका कारण प्रतिनिधिसभाले २२ असारमा शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विेशष समिति गठन गरेको थियो । शर्माले सोही दिन मन्त्रीबाट राजीनामा दिए ।

समितिको बहुमतले आरोप लगाइएजस्तो बजेट नर्मिाणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको आधार पुष्टि नभएको प्रतिवेदन सभामुखलाई बुझायो । एमालेका तर्फबाट समितिमा रहेका चार सांसदले प्रतिवेदनमा असहमति राखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us