बहिनीको प्रेमीको हत्या आरोपमा दाजुभाइ पक्राउ

काठमाण्डु टुडे २०७९ साउन २९ गते १५:४४ मा प्रकाशित

 

काठमाण्डु ,२९ साउन -पर्सामा बहिनीको प्रेमीको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका वडा नं।५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेको छन ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्धका रहेको शङ्कामा राजकुमार ठाकुरको हत्या गरेका हुन ।

उनीहरुले ठाकुर लाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

गत साउन २४ गते ट्युसन पढ्न हिंडेका राजकुमार बेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेको कार्कीले जानारी दियका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us