प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने; काठमाण्डुु महानगर

काठमाण्डु टुडे २०७९ साउन २९ गते १३:४४ मा प्रकाशित

काठमाण्डु ,२९ साउन- काठमाण्डुु महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ ।

काठमाण्डुु महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) ले यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने भनेका भयतापनी पटक पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको महानगरपालिका स्रोतले बतायको छ ।

स्थानीय बासिन्दाको अवरोध नहोस् भनेर अहिले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ ।

फोहोर बोकेको गाडी तोडफोड भएपछि बञ्चरेडाँडामा प्रहरीको उपस्थिति बढाइएको महानगरले जनाकारी दियको छ।

अब काठमाडौं महानगरपालिकाले दैनिक २ सय ५० देखि ३ सय ५० फोहोरको गाडी बञ्चरेडाँडामा पठाउने तयारी गरेको मेयर बालेन्द्र साहले जानकारी दिएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us