मुग्लिन नजिकैबाट त्रिशूलीमा खस्यो ट्रक

काठमाण्डु टुडे २०७९ साउन २८ गते ११:३४ मा प्रकाशित

चितवन, २८ साउन– चितवनको इच्छाकामना गाउँपालिका–५स्थित नाग्दी खोलाबाट ट्रक त्रिशूलीमा बसेको छ ।

मुग्लिन नजिकै इँटा बोकेको ट्रक शनिबार बिहान त्रिशूलीमा खसेको हो । चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले ट्रकको केही भाग मात्र बाहिर देखिएको छ । मुग्लिनबाट गएको प्रहरीले उद्धार गरिरहेको छ ।

ट्रकमा कति जना सवार थिए भन्ने खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us