भुवन केसीविरूद्ध सर्वोच्चमा रिट

काठमाण्डु टुडे २०७९ साउन २६ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, २६ साउन– अभिनेता भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका केसीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै बिहीबार नरेश पौडेल लगायतले रिट दायर गरेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रिटको पेसी आगामी ३० साउनका लागि तोकिएको जानकारी दिए । केसी गत साउनको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार विकास बोर्ड अध्यक्षमा नियुक्त भएका थिए ।

यौन दुव्र्यवहार आरोप खेप्दै आएका केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको भन्दै चलचित्र क्षेत्रबाटै उनको आलोचना हुँदै आएको छ ।

केसीविरुद्ध अभिनेत्री साम्राज्य राज्यलक्ष्मी शाहले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us