विश्पदीप पाण्डे तोकिए नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुख

काठमाण्डु टुडे २०७९ साउन २६ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, २६ साउन– विश्वदिप पाण्डेले डा. बाबुराम भट्टराई नेतृत्वको नवगठित नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुख तोकिएका छन् ।

बिहीबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्दीय सदस्य पाण्डेलाई प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

पाण्डे माओवादीमा छँदा लामो समय डा. भट्टराईको सहयोगीका रुपमा थिए । भट्टराई प्रधानमन्त्री भएका बेलासमेत उनले प्रधानमन्त्रीको निजी सचिवायल सम्हालेका थिए ।

भट्टराईले नयाँ शक्ति गठन गरेपछि पाण्डे केन्द्रीय सदस्य बने । जनता समाजवादी पार्टीमा पनि उनी केन्द्रीय सदस्य र प्रचार विभागमा थिए । सञ्चार उद्यममा समेत संलग्न पाण्डे कुशल मिडिया व्यवस्थापकका रुपमा चिनिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us