प्रचण्डलाई जिताउन भन्दै माओवादी प्रवेश गरे थमनसिंह

काठमाण्डु टुडे २०७९ साउन २५ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २५ साउन– जनता समाजवादी पार्टी (जसपा) सम्वद्ध युवा संगठन समाजवादी युवा संघ भरतपुर महानगर समिति अध्यक्ष थमनसिहं सुनार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार भरतपुरमा आयोजित एक कार्यक्रममा उनी माओवादी प्रवेश गरेका हुन् । थमनसँगै सो संगठनका कार्यकर्ताहरु शान्ति सुनार, बुद्वीमाया सुनार, संगीता सुनार, अनिता सुनार, दिपेश सुनार, मनोज भुजेल र भीम विक माओवादी प्रवेश गरे । उनीहरुलाई माओवादी चितवनका संयोजक रामचन्द्र अधिकारी (आरसी) ले टीका लगाएर पार्टी प्रवेश गराए । कार्यक्रममा नवप्रवेशी थमनसिंह सुनारले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनाव जिताउन आफूहरु पार्टी प्रवेश गरेको बताए ।

नेपालको रानजीतिक र सामाजिक रुपान्तरण अभियानको नेतृत्व प्रचण्डले गरेको भन्दै उनले समकालीन नेताहरुमा मुलुक हाँक्न सक्ने क्षमता प्रचण्डमा मात्र रहेको दाबी गरे । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा आफू पुनः चितवन–३ बाटै उम्मेदवार बन्ने घोषणा प्रचण्डले गरिसेकका छन् ।

कार्यक्रममा माओवादी संयोजक अधिकारीले नेपालको परिवर्तन पक्षधर राजनीतिको मुलधार माओवादी केन्द्र र नेतृत्व प्रचण्ड भएकाले क्रान्तिकारी र परिवर्तनकारी शक्ति तथा व्यक्तिहरु माओवादी केन्द्रमा गोलबबन्द हुन अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us